• २०८३ बैशाख २७ गते आइतवार

करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय बिर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस