• २०८३ जेष्ठ २८ गते बिहिवार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक भएको छ । नेकपा एमालेबाट राजनीतिक जीवनमा सक्रिय भएको घोषणा भएको केही दिनपछि भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको हो ।

उक्त वेबसाइट उहाँको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको बताइएको छ ।

यसबाट भण्डारीले गरेका योगदानहरुलाई स्मरणीय बनाउन प्रयोग गरिने बताइएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस