• २०८३ जेष्ठ २३ गते शनिवार

राज्य ब्यवस्था समितिमा कर्मचारी बिधेयकमाथी छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबारमा सो बैठक बस्नेछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।

जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने समिति सचिवालयले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस