• २०८३ बैशाख १३ गते आइतवार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरुलाई भेट्न राष्ट्रपति पौडेल आज बिहान कीर्तिपुर बर्न अस्पताल पुग्नुभएको हो ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको हिजो पोखरामा भ्रमण वर्ष घोषणा समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा बेलुन फुट्दा आगोको झिल्काले हात र अनुहारमा जलन भएको थियो ।

पौडेल र आचार्यको हिजो नै बर्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस