• २०८३ जेष्ठ १ गते शुक्रवार

एमालेको केन्द्रीय कमिटी बैठक शुरु, ओलीको सम्बोधन जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको रामबाघ महलमा शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गरेका छन् । सम्बोधनको शुरुमै अध्यक्ष ओलीले देशमा प्रतिक्रान्ति शुरु भएको भन्दै यसको सबैभन्दा ठुलो निशाना एमालेलाई बनाइएको बताएका छन् ।

अध्यक्ष ओलीले एमालेले लिएका नीति राम्रो भएर बढी आक्रमण भएको दाबि गर्दै एमाले कम्युनिष्ट आन्दोलनको अनवरत शक्ति रहेको धारणा राखेका छन् । ओलीले यस बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

यस बैठकले मङ्सिरको अन्तिम साता गर्न लागिएको एमालेको महाधिवेशनको मिति र स्थान तय गर्ने प्रमुख एजेण्डा रहेको छ । आजदेखि शुरु भएको एमालेको बैठक असोज ३१ गतेसम्म चल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस