• २०८३ बैशाख ४ गते शुक्रवार

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुसँग परामर्श बैठक शुरु भएको छ । सिंहदरबारमा शुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरुका प्रतिनिधिहरु उपस्थित रहेका छन् ।

सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् ।

अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ । मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन । उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस