• २०८३ जेष्ठ २९ गते शुक्रवार

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, मकवानपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

रमेशले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस