• २०८३ बैशाख ७ गते सोमवार

महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।

भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस