• २०८३ बैशाख ३१ गते बिहिवार

सुनचाँदीको मुल्य सामन्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामन्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ सयले बढेर तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २५७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस