असार ३१, काठमाडौं । गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो गएको हप्ता बजारमा आएको थियो । गीतले हप्ता भित्रै सबैको मन जित्न सफल भएको छ।

गीत सामाजिक संजाल सबै क्षेत्रमा सफलता पाएको माेडल लक्ष्मण भुसालले बताए ।गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन्। गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ। दर्शकहरूले बढी भुसालको अभिनयलाई एकदमै तारिफ गरेका छन ।यस गीतले भुसाललाई अन्य गीतमा अफर आइरहेको छ।
नरेन श्रेष्ठले निर्देशन, सम्पादन गरेको भिडीयोमा मनिषा लामाको पटकथा लेखक रहेको छ भने श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।