• २०८३ बैशाख ९ गते बुधवार

चीनका जनकंग्रेसका उपाध्यक्ष नेपालमा, सगरमाथा संबादमा भाग लिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बिहीबार राती काठमाण्डौ आईपुगेेका छन्। उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ ।

Bipasgraphy Parliament

बिहीबार राती ११.५ मा काठमाण्डौ आईपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समुहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदुत छङ सोङ, संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय लगायतले स्वागत गरेेका थिए।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसंग भेट गर्नेछन भने उपसभामुख इन्दिरा राना मगर संग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रीभोजको आयोजना गर्नेछिन ्।

उपाध्यक सियाओ नेतृत्वको संसदीय  प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाण्डौका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रबक्ता एकराम गिरीले जानकारी दिए।

प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरि जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस