• २०८३ बैशाख ३ गते बिहिवार

काठमाडौंका यी स्थानमा आज तीनदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार तीनदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार विद्युत अवरूद्ध हुने भएको हो।

बलम्बु वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने बौथली चोकमा हाइटेन्सन कन्डक्टर अपग्रेडिङ कार्यका लागि ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

त्यस्तै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक,अर्याल गाउँ, ग्रीनहिलसिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस