• २०८३ जेष्ठ ३० गते शनिवार

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस