• २०८३ जेष्ठ २ गते शनिवार

सभापोखरीमा आगलागीबाट पाँच घर जले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका– ६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ । आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस