• २०८३ असार ७ गते आइतवार

सन्दीप बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् ।

सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको घोषणा गरेको छ । यस सिजनको बंगलादेश प्रिमियर लिग डिसेम्बर २६ देखि जनवरी २३ सम्म हुने तालिका रहेको छ ।

राजशाहीमा नाजमुल होसैन शान्तो कप्तान रहेका छन् भने न्यूजील्याण्डका जिम्मी निशाम, पाकिस्तानका मोहमद नवाज र श्रीलंकाका पथुमा निसंका जस्ता खेलाडी रहेका छन् । राजशाहीले २०१९-२० को सिजन जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस