• २०८३ बैशाख ७ गते सोमवार

रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले पाकिस्तानको कराची सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा खेलको ५२औं मिनेटमा रश्मि घिसिङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।

अब एपीएफले अर्को खेल डिसेम्बर १७ मा भारतको इस्ट बङ्गाल क्लबसँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस