• २०८३ जेष्ठ ३० गते शनिवार

कुलमान लक्षित शंकर पोखरेलको टिप्पणी- अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्छ !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ लक्षित टिप्पणी गर्दै उनी पदमा बस्न उपयुक्त नहुने बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले आफ्नै पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका हुन् ।

उनले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन भन्दै प्रधानमन्त्रीको प्रतिवद्धतासँग यो मेल नखाने बताएका छन् ।

उनले भनेका छन्:
प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ? !

Sharing

प्रतिक्रिया दिनुहोस