• २०८३ बैशाख १६ गते बुधवार

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २८ कात्तिक ।   दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको ।

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ । जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस