• २०८३ बैशाख ११ गते शुक्रवार

विपिन जोशीको शव बुझेको इजरायली सेनाबाट पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । इजरायली सेनाले विपिन जोशीको शव आफुहरुले बुझेको पुष्टि गरेको छ । इजरायली सेनाले डिएनए परिक्षणपछि विपिन जोशीको शव हमासबाट बुझेको पुष्टि गरेको हो । यस विषयमा सेनाले परिवारलाई जानकारी गराएको समेत उल्लेख गरेको छ । साथै विपिनसहित अर्का बन्धक गाय इलुजको शव पनि प्राप्त गरेको पुष्टि भएको छ ।

विपिनलाई २३ वर्षको उमेरमा हमासले किबुट्ज अलुमिमको आश्रयस्थलबाट अपहरण गरेको थियो । युद्धको पहिलो महिनामा नै उनको हत्या गरिएको आकलन इजरायली सेनाले गरेको छ ।

इजरायलको राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस