• २०८३ बैशाख ९ गते बुधवार

घुससहित पक्राउ परेका धुलिखेल मालपोतका खरिदारविरुद्ध मुद्धा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले खरिदार भण्डारी काभ्रेपलाञ्चोक साविक दोलालघाट गाविस- ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

अनुसन्धानको सिलसिलामा भण्डारीले साविक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरु हकवाला जग्गाधनीको नाममा छुट जग्गा दर्ता गर्ने गराउने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख घुस लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दुई लाख नै बिगो माग गरेर आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस