• २०८३ बैशाख १७ गते बिहिवार

सुनको भाउ साढे दुई लाख नजिक, एकैदिन ८ हजार बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च दर हो ।

महासंघका अनुसार सोमबार सोही सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको कारण यसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि परेको हो ।

यसैबीच, सोमबार तोलामा ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै सबैभन्दा उच्च दरमा पुगेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस