• २०८३ भाद्र १ गते सोमवार

काग्रेस सांसद राईलाई धरौटीमा रिहा गर्न आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

राईविरुद्ध मंगलबार मुद्दा दायर भएको थियो। राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस