बैशाख १, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले कर्तव्य ज्यान कसुरका फरार प्रतिवादीलाई ३१ वर्ष पछि पक्राउ गरेको छ ।

कर्तव्य ज्यान कसुरका फरार साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ हाल चौरी देउराली गाउँपालिका वडा नम्बर २ दूतीका ५७ वर्षिय दान बहादुर प्रधानलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मिन बहादुर घलेले बताए ।
प्रहरीका अनुसार प्रधानले उत्तर बहादुर प्रधानलाई २०५० वैशाख १६ गते चक्कु प्रहार गरी फरार भएका थिए । खोजतलास गर्दै जाँदा प्रहरीले उनलाई हिजो (आइतबार) धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको हो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रधानलाई २०७६ माघ २८ गते जन्म कैदको सजाय सुनाएको थियो । सजाय भुक्तानका लागि प्रधानलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।