• २०८३ बैशाख ४ गते शुक्रवार

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २७ , काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । विहिबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएसँगै उनी अनिवार्य अवकाशमा गएका छन् । त्यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीमा बनाउने निर्णय गरेको थियो ।

२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस