• २०८३ बैशाख ५ गते शनिवार

हमासले दियो विपिनसहित चार मृत बन्धकको शव हस्तान्तरणको जानकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । हमासले विपिन जोशीसहित चार मृत बन्धकहरूको शव हस्तान्तरण गरिने जानकारी दिएको छ ।

हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूको नाम सार्वजनिक गर्दै विपिनसहित चार बन्धकको शव सोमबार हस्तान्तरण गर्ने जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।

चार जनामा विपिन जोशीसहित इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेका छन् ।

२८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिने हमासले जानकारी दिएको छ ।

अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने थियो तर हमासले त्यसको अवज्ञा गरेको भन्दै आलोचना गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस