• २०८३ असोज १८ गते आइतवार

जेनजी आन्दोलनमा माओवादी केन्द्रका यी नेताका घरमा तोडफोड र आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २८, काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टीका नेताहरुको निवास तोडफोड र आगजनीको विवरण सार्बजनिक गरेको छ ।

माओवादी केन्द्रले कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल माओवादी केन्द्रका नेताहरू जेनजी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको उल्लेख गरेको छ ।

हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ र थप विवरण संकलन गर्नेक्रम जारी रहेको बताएको छ ।

१। अध्यक्ष क। प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।

२। वरिष्ठ उपाध्यक्ष क। नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।

३। उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।

४। उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।

५। उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।

६। उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७। उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८। उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।

९। सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

१०। केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

११। केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

१२। केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

१३। केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

१४। केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

१५। ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त

१६। ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।

१७। ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८। ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९। केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

Sharing

प्रतिक्रिया दिनुहोस