• २०८३ बैशाख १३ गते आइतवार

भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, दमक । दमक- १० मा रहेको भालु खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। बिहान करिब ७ बजेतिर स्थानीय इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई र सोही स्थानका कृष्ण प्रसाद ढकालका ११ वर्षीय छोरा भुपेन्द्र ढकाल घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न गएका थिए।

पौडी खेल्ने क्रममा धर्मेन्द्र प्रसाईलाई खोलाले करिब ६०० मिटर तलसम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी निम्स अस्पताल, दमक पुर्‍याइएको थियो। तर, अस्पतालमा ल्याइएपछि बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

अर्का बालक भुपेन्द्र ढकाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

यस घटनापछि स्थानीयले वर्षा याममा खोलामा पौडी खेल्दा हुने जोखिमबारे सतर्क रहन अभिभावक र बालबालिका लाई आग्रह गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस