• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रधानमन्त्रीवाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ  र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गरे  । उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस