• २०८३ असार ५ गते शुक्रवार

पारामा प्रभालाई रजत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जित्नुभएको छ ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला रानामगरले जानकारी दिनुभयो ।

यस स्पर्धामा श्रीलङ्काले स्वर्ण जितेको छ । लङजम्पसहित तीन स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा चार सय मिटर दौडमा चौथो हुनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस