• २०८३ भाद्र २० गते शनिवार

मुगुमा सुपथ मुल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल विक्रि

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज २६, मुगु । दशैं र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म ९ सय ४० दशमलब ९४ क्वीन्टल चामल विक्रि भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट हालसम्म ९ सय ४० क्वीन्टल चामल विक्रि भएको खाद्य कम्पनि मुगुले जनाएको छ ।

कार्यालयका अनुसार दशैं तिहार छट लगाएतका चाड पर्वहरुलाई मध्येनजर गर्दै गत भदौ ३० गत्ते देखी सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल विक्रि गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड मुगुका सुचना अधिकारी मौषम माझिले बताए ।

उनका अनुसार पसलबाट सबै भन्दा बढी जिरा मसिना चामल विक्रि भएको उहाँको भनाई रहेको छ । उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजिमा ५ रुपैँयाको छुटमा विक्रि भैरहेको छ । सुचना अधिकारी माझिका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछी धेरै चामल विक्रि भएको छ । त्यस्तै सुपथ मुल्य पसल बाट २ हजार ७ सय ७३ लिटर तेल बिक्रि भएको जानकारी दिनु भयो । सबै भन्दा बढि सुर्यमुखि तेल बिक्रि भएको कार्यालयले जनाएको छ । जसमा २ हजार ५ सय १४ लिटर भएको छ । कार्यालयले चामल र तेलमा सुपथ मुल्य पसल सञ्चालन गरे पछि ६७ लाख ८० हजार रकम राजस्व संकलन गरेको छ ।

सुपथ मुल्य पसलबाट जिल्लाका छायानाथ रारा नगरपालिका , खत्याड गाउँपालिका , सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीय लाई चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य सञ्चालन गरिएको हो । सुपथ मुल्य सञ्चालन भएपछि बिशेष गरेर मुगाली मानिसहरु लाई सुविधा भएको छ । सुचना अधिकारी मौषम माझिले भने अहीले आर्थिक अवस्थामा न्युन भएका मानिसहरु लाई ठुलो राहत भएको बताउनु भयो । बजारको महंगो मुल्य हालेर उपभोग गर्दे आएका मानिसहरु सस्तो मुल्यमा चामल पाएपछि उनीहरु लाई सुविधा भएको हो । सुपथ मुल्य पसल सञ्चालन भएपश्चात ग्रामिण भेगका मानिसको सहभागिता पनि बढेको छ । अहिले दैनिक एक सय देखि डेढ सय सम्म ग्राहक आउने गरेको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस