• २०८३ बैशाख ५ गते शनिवार

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै जेन-जी युवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारेको विषयलाई समर्थन गरेका छन् ।

उनले कार्कीलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्ने बताएका छन् । साथै, उनले वर्तमान संविधानको जगमा टेकेर राष्ट्रपतिले शपथ ग्रहण गराएर अहिलेको अन्यौल र आशंका छिटो अन्त्य गर्नुपर्ने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस