साउन २७, टीकापुर । टीकापुरमा आज बिहान भएको दुःखद सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजनासामान्य घाइते भएका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार बिहान करिब ९ बजे टीकापुरमा तिब्र गतिमा रहेको बसले एक साइकल र मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट साइकलमा सवार एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न नसकेका कारण चिन्न सक्ने जोकोहीले टीकापुर अस्पताल वा इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
यसै दुर्घटनामा मोटरसाइकलमा सवार टीकापुरका एक व्यक्ति घाइते भएका छन्। उनको टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्छ।