• २०८३ बैशाख ४ गते शुक्रवार

राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, सुर्खेत । राउटे बस्तीमा गएर युवतीलाई दुव्र्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् । शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ । मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुव्र्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए ।

राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस