भदौ २६, काठमाडौं । श्रीलंकामा पुर्व राष्ट्रपतिका विशेष सुबिधा खारेज भएको छ । संसदमा नयाँ कानून पारित भएपछि यो निर्णय आएको हो, जसले पूर्व राष्ट्रपतिहरूलाई दिइने विशेष सुबिधाहरू खारेज गरेको छ। बुधबार श्रीलंकाको संसदले भारी बहुमतले पूर्व राष्ट्रपतिहरूको विशेष सुबिधाखारेज गर्ने कानूनलाई अनुमोदन गर्यो । यो कानूनले पूर्व राष्ट्रपतिहरू र उनीहरूका विधवाहरूलाई दिइने विशेष सुविधा खारेज गर्दछ ।

यो विधेयकलाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेको थियो, जसका कारण श्रीलंका पोदुजाना पेरामुना पार्टीको विरोधका बाबजुद पनि यो कानून लागू गर्न भएको छ । श्रीलंकामा हाल पाँच पूर्व राष्ट्रपतिहरू जीवित छन्, जसमध्ये तीन जनाले हाल सरकारी सुविधाहरूको फाइदा लिइरहेका छन् र अब यी सुविधाहरू समाप्त हुनेछन् ।
२०२२ मा श्रीलंकामा भएको आन्दोलनपछि तत्कालिन राष्ट्रपति गोटाबाया राजपक्षेले पद त्याग्नुपरेको थियो ।