• २०८३ बैशाख ११ गते शुक्रवार

बालेनप्रति हर्क साम्पाङको कटाक्ष- संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोकको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै हर्कले संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले निकास नपाएको बताएका छन् ।

उनले भनेका छन्-
संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न बिकास !

Sharing

प्रतिक्रिया दिनुहोस