• २०८३ बैशाख १८ गते शुक्रवार

मेयर बालेन र कर्मचारीको भ्रमण खर्चको नाममा ५२ लाख बढी अनियमितता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । महालेखापरीक्षकको कार्यालयले काठमाडौं महानगरपालिकामा ५२ लाख बढी खर्च अनियमितता भएको पाइएको बताएको छ ।

आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा मेयर बालेनसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता भएको देखिएको बताएको हो ।

फ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेशलगायतमा गरिएको खर्चमा अनियमितता गरिएको पाइएको छ ।

बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक पर्यटन/भ्रमण कार्यक्रममा समेत अनियमितता भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस