• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सगरमाथा संबादका लागि भारतले दियो नेपाललाई १५ बिधुतीय सवारी साधान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं ।  भारतले नेपाललाई १५ वटा बिधुतीय सवारी साधान प्रदान गरेको छ। मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन ।

उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दुतावासले विश्वास ब्यक्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस