• २०८३ बैशाख १३ गते आइतवार

रवि लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावलसहितले आज सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए । उनी जिल्ला कारागार रुपन्देहीको थुनामा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस