• २०८३ बैशाख २९ गते मङ्गलवार

साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, दाङ । दाङको घोराहीबाट साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका तीन जना पक्राउ परेका छन् । रुकुम पूर्वको भूमे गाँउपालिका–२ खबाङका ४४ वर्षका फर्कबहादुर घर्ती, ५३ वर्षका रुपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका फर्कबहादुरले बोकेको आलुको बोराभित्र १५ किलो १ सय २३ ग्राम र रुपधनको साथबाट १४ किलो ५ सय ७२ ग्राम चरेस बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार पैदल हिँडिरहेको अवस्थामा उनीहरू घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रबाट पक्राउ परेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस