• २०८३ बैशाख ५ गते शनिवार

 एनपीएल इलिमिनेटर: काठमाडौँले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको हो ।

काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएका थिए भने जोन सिम्पसन र मोहमद आदील आलमले १८-१८ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले १४ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस