• २०८३ बैशाख ४ गते शुक्रवार

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर २४, काठमाडौं ।   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताउनुभएको छ  ।
 प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिता दिएको  जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “ नतिजा देखिने गरी  कर्मचारीले कार्यसम्पादन गर्नुपर्छ   । सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ । योजना छनोट प्रक्रियामा विज्ञताभन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोतसाधन छरिएको र प्रतिफल आउन नसकेको  हो ”
मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने जनाउँदै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस