• २०८३ मङ्सिर १० गते बुधवार

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

 कार्तिक २४,  काठमाडौँ । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्न सक्ने अवस्था रहेकोमा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएकी थिइन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस