• २०८३ जेष्ठ ३१ गते आइतवार

योगेश भट्टराईको धारणा- पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २५, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्बजनिक गर्दै सचिव भट्टराईले हाल इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको भन्दै देश र समाजमा देखिएको भयानक अस्थिरताको बीचमा विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समिक्षा गर्दै ग़ल्तीप्रति आत्मालोचित गर्नुपर्ने बताएका छन् ।

उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका हुन् । उनले १० बुँदे धारणा सार्बजनिक गर्दै उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका छन् ।

उनले भनेका छन्:
प्रिय कमरेडहरू
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थ:

१- विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । ग़ल्तीप्रति आत्मालोचित होऔ ।
२- पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस ।
३- पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ ।
४- पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔ ।
५- जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ ।
६- लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔ ।
७- खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ ।
८- हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ ।
९- देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ ।

१०- जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।

नेपाल बचाऔ, नेपालीत्व जोगाऔ ।

Sharing

प्रतिक्रिया दिनुहोस