• २०८३ बैशाख २७ गते आइतवार

प्रहरीले भन्यो– संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्ने हल्ला भ्रामक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । बेपत्ता भनिएका ३२ जना संसदभित्र मृत फेला परेको भन्ने सूचना भ्रामक भएको नेपाल प्रहरीले प्रस्ट पारेको छ ।

अन्य देशमा भएको घटनाको हिंसात्मक तस्बिर प्रयोग गरेर आम जनमानसमा भ्रम सिर्जना गर्ने काम भएको प्रहरीले जानकारी दिएको हो ।

‘अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक र नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न प्रहरीले आग्रह गरेको छ

Sharing

प्रतिक्रिया दिनुहोस