• २०८३ बैशाख १५ गते मङ्गलवार

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट लुटपाटमा संलग्न २६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन् । अहिलेको परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाण्डौ र भक्तपुरका विभिन्न क्षेत्रमा लुटपाट गरेको आरोपमा नेपाली सेनाले २६ जनालाई समातेको छ ।

नयाँ बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जना गएराति पक्राउ परेका थिए । त्यस्तै भक्तपुरकोे राधेराधे भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको आरोपमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हिजो दिनभरिको प्रदर्शनपछि गएराति केही ठाउँमा उच्छृंखल गतिविधि भएकोमा त्यस्ता क्रियाकलाप रोक्न सेना परिचालन भएको छ । सेनाले कतै उच्छृंखल गतिविधि भएको जानकारी वा सूचना प्राप्त भएमा खबर गर्न अनुरोध समेत गरेको छ । टोल छिमेकमा त्यस्ता गतिविधि भए सुरक्षा संयन्त्र पुग्नु अगाडि स्थानीयबासिन्दाले एकजुट भई स्थितिको निरन्तर निगरानी राख्न सेनाले आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस