• २०८२ असार ५ गते बिहिवार

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन टोखामा प्रहरीले चलायो गोली, दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । काठमाडौँको टोखा क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। टोखास्थित ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा दुई प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ। लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुई जनाको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस