• २०८३ बैशाख ३१ गते बिहिवार

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन टोखामा प्रहरीले चलायो गोली, दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । काठमाडौँको टोखा क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। टोखास्थित ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा दुई प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ। लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुई जनाको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस