• २०८२ जेष्ठ ३२ गते शनिवार

अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशनमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्ष पदमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी तथा महासचिवमा दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए। तर प्रस्तावमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो।

एमाले नेतृत्वले अनेरास्ववियुको नयाँ नेतृत्व सर्वसम्मत बाटोबाट चयन गर्न निर्देशन दिए पनि अध्यक्ष पदका आकांक्षी प्रकाश पौडेल र दीपक धामी पक्षले निर्वाचनको माग गर्दै नाराबाजी गरेका थिए। निर्वाचनको तयारी तीव्र पारिएको छ भने प्रतिस्पर्धी प्यानलबीच अन्तिम घोषणा र प्रचारप्रसार पनि चलिरहेको छ।

निर्वाचन समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार:
उम्मेदवार फारम वितरण: आज अपराह्न ३ बजे देखि ५ बजेसम्म
उम्मेदवारी दर्ता: आज ४ बजे देखि ६ बजेसम्म
मतदान: भोलि (जेठ २८) बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस