• २०८३ जेष्ठ ४ गते सोमवार

पत्रकार समाज सुधारको जिम्मेवार हुन्’ : प्रहरीका प्रवक्ता आचार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २८, काठमाडौं । अनलाइन टिभी पत्रकार संघ, नेपालको आयोजनामा बिहीवार ‘रिपोर्टिङका बेला पत्रकार आफैले अपनाउनु पर्ने सुरक्षा सतर्कता’ सम्बन्धी अभिमुखकिरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसले समाज कस्तो बनाउने भनेर निर्धारण गर्ने बताए ।

उनले भने, ‘हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौ । यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट रुपमा देखाउछ ।

किनभने हामीले तयार गरेको भिडियोले के देखाउँछ, हामीले के देखाउँछौ त्यसकै आधारमा मान्छेको धारणा बनाउछन् । हामीले समाजलाई तस्विर दिन्छौ । त्यो तस्विर समाजले हेर्ने भएकाले समाज हामीले बनाउने हो ।’ उनले आजको समाजले हरेक कुरालाई सामाजिक सञ्जालमार्फत नकरात्मक रुपमा मात्र लिइरहेकाले समाज एग्रेसिप भएको बताए । समाज सुधारका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

यस्तै, संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभी पत्रकारहरुलाई प्रेस काउन्सिल नेपालको पत्रकार आचार सहिताले नसमेट्ने भन्दै स्वनियमन गर्न निर्देशिका बनाएको जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस