• २०८३ बैशाख १४ गते सोमवार

तीन घण्टादेखि इसेवा अवरुद्ध

ग्राहकलाई सास्ती
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २६, काठमाडौँ । तीन घण्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ । छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घण्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन।

इसेवाका हजारौँ ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरुद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए।

इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, मर्मत भइरहेको जवाफ आइरहेको छ। इसेवा ग्राहक वालेट नचले पनि प्रतिनिधिले वेबसाइटमा गएर आकस्मिक रूपमा कारोबार गर्न सकिने बताउने गरेका छन्। तर, उक्त सेवासमेत अवरुद्ध रहेको छ।

नेपालमा इसेवाजस्तै २७ वटा डिजिटल वालेटका एप्स रहेका छन्। यी मध्ये धेरैजसो इसेवाका ग्राहक छन्।

Sharing

प्रतिक्रिया दिनुहोस