मंसिर २३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको छ ।
उक्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले नेपालको वर्तमान परिस्थितिको बारेमा बताउनुको साथै सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । साथै मन्त्री खरेलले उक्त भेटमा नेपाल र भारतबिचको सम्बन्ध, नेपालमा भारत सरकारका तर्फबाट सूचना प्रविधिको क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गरे ।
उक्त भेटमा अतिरिक्त सचिव महावरले नेपालमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको तथा भारत सरकार नेपालले तय गरेको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी गराएका थिए ।सो अवसरमा उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्लीलगायत सहभागी थिए ।